राजनीति


मदन भण्डारी आफै महासचिव बन्न चाहनु भएको होइन, हामीले बनाएको हो : ओली

मदन भण्डारी आफै महासचिव बन्न चाहनु भएको होइन, हामीले बनाएको हो : ओली

नेपालखबर
असार १४, २०८२ शनिबार १५:४०, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जननखता मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको बताएका छन्। 

शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदन जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनलाई महासचिव बनाउनु सार्वजनिक महत्वको कुरा भएको समेत टिप्पणी गरे। 

‘जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनायो,’ ओलीले भने, ‘उहाँलाई महासचिव बनाउनु ऐतिहासिक महत्वको घटना थियो। नेतृत्वअनुसार आन्दोलन अघि बढ्ने नबढ्ने कुरा भर पर्छ। हामीले छैटौँ महाधिवेशनमा पारित गरेको कुरा मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे।’

उनले मदन भण्डारी त्यतिकै नेता नबनेको समेत बताए। ‘मदन भण्डारी त्यतिकै नेता बनेको होइन,’ ओलीले भने, ‘फुत्त निस्केर आएको होइन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad