राजनीति


अल-नासरसँग रोनाल्डोको सम्झौता नवीकरण, कति पाउँछन् पारिश्रमिक?

अल-नासरसँग रोनाल्डोको सम्झौता नवीकरण, कति पाउँछन् पारिश्रमिक?

नेपालखबर
असार १३, २०८२ शुक्रबार १३:४, काठमाडौँ

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२७ सम्म साउदी अरेबियन क्लब अल-नासार मै रहने भएका छन्। रोनाल्डोले साउदी प्रो लिग क्लब अल–नासारसँग दुई वर्षका लागि सम्झौता थप गरेका हुन्। 

अल नासारसँग सम्झौता थप गरेपछि रोनाल्डोले सामाजिक सञ्जाल एक्स मा एक पोष्ट गर्दै ‘नयाँ यात्राको सुरुवात, उस्तै जोस,उस्तै सपना। आउनुहोस् हामीसँगै मिलेर इतिहास बनाऔँ’ लेखेका छन्। 

४० वर्षीय रोनाल्डोको सम्झौता यही जुनमा समाप्त हुदैँछ। सम्झौताको मिति नजिकिँदै जाँदा रोनाल्डोले अल-नासारसँगको सम्झौता थप २ वर्ष थप्न सहमत भएका हुन्। 

रोनाल्डो सन् २०२३ मा म्यानचेस्टर युनाइटेड छाड्दै अल-नासार पुगेका थिए। साउदी पुगेपछि रोनाल्डोले १ सय ११ खेलमा ९९ गोल गरिसकेका छन्।

गत महिना साउदी प्रो लिगमा रियाद क्लबसँगको खेलपछि रोनाल्डोले 'दि च्याप्टर इज ओभर' भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। जसका कारण धेरैले रोनाल्डोले साउदी छाड्न लागेको आँकलन गरेका थिए। तर उनले अझै २ वर्ष साउदी नै रहने निधो गरेका छन्। 

यस्तो छ अलनासरसँग रोनाल्डोको नयाँ सम्झौता विवरण
- वार्षिक तलब- १७८ करोड पाउन्ड (करिब २९ अर्ब नेपाली रुपैयाँ) पाउने।
- साप्ताहिक तलब: ३.४ करोड पाउन्ड (करिब ५६ करोड नेपाली रुपैयाँ) पाउने। 
- अल-नसर क्लबको १५% स्वामित्व (अनुमानित मूल्य: ३३ करोड पाउन्ड) नेपाली करिब ५.४ अर्ब रुपैयाँ)पाउने। 
-सम्झौता नवीकरण गर्दा लिएको बोनस २४.५ करोड पाउन्ड। यही सम्झौता भएको दोस्रो वर्षमा ३८ करोड पाउन्ड (६.२ करोड नेपाली रुपैयाँ) पाउने।
-हरेक गोलमा ८० हजार पाउन्ड पाउने र यो दोस्रो वर्षमा २० प्रतिशत बढ्ने।  
-हरेक गोल असिस्टमा ४० हजार पाउन्ड पाउने र यो पनि दोस्रो वर्षमा २० प्रतिशत बढ्ने। 
- अल-नसरले साउदी प्रो लिग जितेमा बोनसबापत ८ करोड पाउन्ड पाउने। यो भनेको नेपाली करिब १.३ अर्ब रुपैयाँ हुन आउँछ। 
- लिगमा गोल्डेन बुट जितेमा ४ करोड पाउन्ड पाउने। 
-एसियन च्याम्पियन्स लिगमा छनोट भई उपाधि हात पारेमा ६.५ करोड पाउन्ड पाउने।  
-रोनाल्डोको निजी जेट खर्च ४ करोड पाउन्डसम्मको खर्च क्लबले बेहोर्ने। 
-साउदी र एसियन बजारका नयाँ कम्पनीसँगको विज्ञापन सम्झौतामा ६० करोड पाउन्ड सुनिश्चित।  

त्यस्तै उनको घरमा पूर्णकालीन काम गर्नका लागि १६ जना कर्मचारी छन्। जसमा ३ जना ड्राइभर, ४ जना घरेलु कामदार, २ जना भान्से (पाक कलाका विज्ञ), ३ जना माली, ४ जना सुरक्षाकर्मी समावेश छन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad