प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सैनिक विशेष अदालतको निरीक्षण गरेका छन्।
बिहीबार दिउँसो जंगी अड्डा पुगेर प्रधानन्यायाधीश राउतले निरीक्षण भ्रमण गरेका हुन्।
प्रधानन्यायाधीश सहितको टोलीले निरीक्षणको क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी लिएको छ। त्यसक्रममा प्रधानन्यायाधीशले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशन समेत दिएका छन्।
प्रधानन्यायाधीशसहितको टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए।
निरीक्षण भ्रमण टोलीमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदलतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेल र रथीहरु उपस्थित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया