राजनीति


विधान महाधिवेशनको तयारीमा जुट्यो एमाले, तीन नेतालाई दिइयो जिम्मेवारी

विधान महाधिवेशनको तयारीमा जुट्यो एमाले, तीन नेतालाई दिइयो जिम्मेवारी

नेपालखबर
असार ११, २०८२ बुधबार १८:२१, काठमाडौँ

सत्तारुढ नेकपा एमाले दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीमा जुटेको छ। 

बुधबार बसेको एमाले सचिवालय बैठकले यसबारे छलफल गर्दै तयारी अगाडि बढाउन अध्यक्ष केपी शर्मा ओलीसहित ३ नेतालाई जिम्मेवारी दिइएको एक नेताले जानकारी दिए। 

पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन पेस गर्ने, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी बैठकले दिएको छ। 

एमालेले आउने भदौमा विधान महाधिवेशन गर्दैछ। 

७० वर्षे उमेरहद र दुई कार्यकालको मुद्दा चर्किएकाले विधान महाधिवेशनबाट एमालेले त्यसको टुंगो लगाउने छ।

त्यस्तै बैठकले पार्टी सदस्यता नवीकरणका लागि १५ दिन म्याद थप समेत गरेको छ। 

अब असार १५ गतेसम्म प्रदेश र असार मसान्तसम्म केन्द्रमा नवीकरणको विवरण आइसक्नुपर्नेछ।
 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad