प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, भौगोलिक अखण्डता जस्ता विषयमा हल्का फुल्का टिप्पणी गर्न नहुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले स्वतन्त्र सांसद अमेरशकुमार सिंहको अभिव्यक्तिलाई लक्षित गरेर प्रतिक्रिया जनाएका हुन्।
‘हामीले संसद्मा छलफल गर्दा अलि चित्त बुझ्दैन, कहिले धेरै चित्त बुझ्दैन, कहिले निकै धेरै चित्त बुझ्दैन,’ ओलीले भने, ‘तैपनी केही केही कुरा–राष्ट्र, राष्ट्रियताको सवाल, राष्ट्रको सर्वाभौम सत्ताको सवाल। भौगोलिक अण्डताको सवाल। राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सवाल जस्ता कुरामा गम्भीर हुनुपर्दछ। त्यसमा हल्काफुल्का ढंगले टिप्पणी गर्नुहुँदैन।’
आइतबार प्रतिनिधिसाको बैठकमा सांसद सिंहले ५/७ वटा जिल्ला बाहेक अरु क्षेत्रमा बजेट न्यूनरुपमा छुट्याको भन्दै बाँकी जिल्ला विदेशीलाई लिजमा दिँदा हुने टिप्पणी गरेका थिए।
नेकपा एमालेका प्रमुख सचेतकले त्यसमा नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट सिंहको भनाइलाई मेटाउन आदेश दिएका थिए।
Shares

प्रतिक्रिया