कारोबार


कलाकार सन्दीप क्षेत्री ‘फेस अफ रोयल इन्फिल्ड’ नियुक्त

कलाकार सन्दीप क्षेत्री ‘फेस अफ रोयल इन्फिल्ड’ नियुक्त

नेपालखबर
असार ९, २०८२ सोमबार १९:४१, काठमाडौँ

अल्फा अटोमोटिभ प्रालिले हास्यव्यङ्ग्य कलाकार, सामाजिक व्यक्तित्व एवं उत्प्रेरक सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इन्फिल्ड’ नियुक्त गरेको छ।

सन्दीप क्षेत्री विगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रका माध्यमबाट जनमानसको मन जित्न सफल एक सशक्त व्यक्तित्व हुन्। उनको जीवनशैली, दृष्टिकोण र कार्यशैलीले स्वतन्त्रता, साहसिकता तथा आत्मविश्वासजस्ता गुणहरू अभिव्यक्त गर्छन्। 

उनको सादगीपूर्ण व्यक्तित्व, व्यापक लोकप्रियता तथा मोटरसाइकलप्रतिको गहिरो रुचिले उनलाई सो महत्वपूर्ण भूमिकाको लागि सर्वथा उपयुक्त बनाएको कम्पनीको भनाई छ।

‘रोयल इनफिल्ड नेपाल यस सहकार्यलाई केवल व्यवसायिक साझेदारीको रूपमा नभई, एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेर्दछ, जसले नेपाली मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने विश्वास लिएको छ, यस प्रयासबाट रोयल इनफिल्ड मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना सहितको सन्देश एवं कर्तव्य पालना गरिनेछ। हाम्रो सहकार्यबाट समाजका हरेक वर्गसमूदायसँग पुग्ने छौं भने युवा पुस्तामाझ अझ प्रगाढ सम्बन्ध गास्न सकिने अपेक्षा राख्दछौँ’ कम्पनीले भनेको छ।

सन्दीप क्षेत्री मार्फत रोयल इनफिल्डको परम्परा, शैली र भावना, आम नेपाली जनसमूदाय सम्म थप प्रभावकारी ढंगले प्रवाह हुनेछ भन्ने अपेक्षा गरिएको छ। मोटरसाइकललाई केवल यातायातको साधन मात्र नभई आत्म–अभिव्यक्तिको माध्यमको रूपमा प्रस्तुत गर्ने आफ्नो दृष्टिकोण यस सहकार्यद्वारा अझ स्पष्ट र सशक्त रूपमा उजागर हुने कम्पनीको भनाई छ।

रोयल इनफिल्ड नेपालको तर्फबाट सन्दीप क्षेत्रीलाई स्वागत गर्दै कम्पनीले उनीसँगको सहकार्यले नयाँ ऊर्जा, नवीन सोच तथा प्रेरणादायी अभियानहरू लिएर आउने विश्वास व्यक्त गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad