प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ह्वाट्सएप च्यानल सुरु गरेका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् आफूले ह्वाट्सएप च्यानल सुरु गरेको जानकारी दिएका हुन्।
आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित प्रधानमन्त्रीले शनिबारदेखि ह्वाट्सएप च्यानल सुरु गरेको उनको सचिवालयले जनाएको छ।
च्यानलमा जोडिएका प्रयोगकर्ताले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिबारे नियमित अपडेट पाउने छन्।
फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान गरेका हुन्।
1.2k
Shares

प्रतिक्रिया