राजनीति


निजी क्षेत्रले व्यापार गर्नसक्ने कानुनी व्यवस्था गरेर मात्रै टेक एन्ड पेमा जानुपर्छ : सांसद बस्नेत

निजी क्षेत्रले व्यापार गर्नसक्ने कानुनी व्यवस्था गरेर मात्रै टेक एन्ड पेमा जानुपर्छ : सांसद बस्नेत

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८२ शनिबार १६:२४, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताए।

‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ,’ बस्नेतले भने, ‘जलस्रोत विधेयक जस्तै विद्युत विधेयक पनि फिर्ता लिने, निजामती सेवा ऐनको बारेमा माननीयज्यु यहाँ भन्दै हुनुहुन्थ्यो। सरकार विधेयक र कानुन निर्माणप्रति त्यति जिम्मेवार र जवाफदेही भइरहेको जस्तो त लागिरहेको छैन। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ। सरकारको जवाफदेहीताको बारेमा त यो भन्दा थप कुरा के भन्नु।’

सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था नगरी टेक एन्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना लथालिङ्ग हुने समेत धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad