राजनीति


भिजिट भिसा प्रकरणको छानबिन समिति बनाउन एक महिना पर्खिनु हुँदैन : माओवादी सांसद मोदी

भिजिट भिसा प्रकरणको छानबिन समिति बनाउन एक महिना पर्खिनु हुँदैन : माओवादी सांसद मोदी

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८२ शनिबार १४:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताए। उनले त्यसअघि नै छानबन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद् सुचारु हुन सहज हुने बताए।

‘गृहमन्त्रीज्युको बारेमा गम्भीर प्रश्न उठेको छ, यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ,’ मोदीले भने, ‘सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ। यी सबै विषयहरुमा कमसेकम यो संसदले एउटा छानबिन समिति बनाउनुपर्छ। एक महिना भित्रमा आफैँ पनि बनाउने भनेर बोल्नुभएको छ। एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ। तपाईंमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरुको बारेमा समाधान हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad