राजनीति


अधिकृत क्याडेटलाई आयुक्त पद

अधिकृत क्याडेटलाई आयुक्त पद

नेपालखबर
चैत २६, २०७६ बुधबार १६:३५,

प्रधानसेनापति पूर्णचन्द्र थापाले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने प्रशिक्षार्थीलाई सहायक सेनानी पदको दज्र्यानी चिह्न (आयुक्त पद) प्रदान गरेका छन्।

उक्त समूहमा चार विदेशी, १४ महिला र ११४ पुरुष प्रशिक्षार्थी सहभागी थिए। सोही प्रतिष्ठानमा सञ्चालित ४८औं समूहको पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका १८ प्रशिक्षार्थीलाई पनि त्यस अवसरमा सहायक सेनानी पदको दज्र्यानी प्रदान गरियो। मित्रराष्ट्र श्रीलङ्कामा सञ्चालित सोही स्तरको तालीम पूरा गर्ने दुईजना प्रशिक्षार्थी पनि अधिकृत भएका छन्।

सो अवसरमा प्रधान सेनापति थापाले ५८औँ समूहको अधिकृत क्याडेट तालीममा प्रथम हुने सुरेन्द्रबहादुर बोहरा तथा सिसं४८ पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका सर्वोउत्कृष्ट प्रशिक्षार्थी सन्तमान श्रेष्ठलाई सम्मानस्वरुप खड्ग प्रदान गरियो।

महिलातर्फ कृपा अधिकारी र अन्तर्राष्ट्रिय प्रशिक्षार्थीतर्फ केन्याका किप्किरुई राट्टो बेनार्डलाइ उत्कृष्ट अधिकृत क्याडेट सम्मान प्रदान गरियो। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवआयुक्त अधिकृतलाई पठाउनुभएको सन्देश प्रधानसेनापति थापाले पढेर सुनाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .