ad ad

समाज


देशका ४ ठाउँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाडौँमा पनि साढे ३३ पुग्यो

पाँच स्थानको तापक्रम ३५ माथि
देशका ४ ठाउँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाडौँमा पनि साढे ३३ पुग्यो

फाइल फाेटाे


नेपालखबर
जेठ ५, २०८१ शनिबार २१:२२, काठमाडौँ

देशभर तापक्रम बढ्दो छ। अत्यधिक गर्मीले विशेषगरी तराईको जनजीवन कष्टकर बनिरहेको छ। 

यस क्रममा शनिबार देशका ४ ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने दुई स्थानमा त ४२ डिग्री सेल्सियसबाट पनि उकालो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबैभन्दा बढी अधिकतम तापक्रम बाँकेको नेपालगन्जमा ४२.६ डिग्री सेल्सिसय पुगेको छ भने दोस्रोमा कैलालीको धनगढीमा ४२.१ डिग्री सेल्सियस छ। 

यसैगरी डोटीको दिपायलमा ४०.५ र सुर्खेतको वीरेन्द्र नगरमा ४०.३ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शनिबार रुपन्देहीको भैरहवामा ३९.८, दाङको घोराहीमा ३८.४ तथा धनुषाको जनकपुरमा ३८ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ। 

यस्तै बाराको सिमरामा ३६.८ तथा सुनसरीको धरानमा ३५ डिग्री सेल्सियस अधिकतम तापक्रम छ। अन्य स्थानमा भने यसभन्दा कम तापक्रम छ। 

यसैबीच काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि शनिबार ३३.६ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ। 

हेर्नुहोस् शनिबारको अधिकतम र न्यूनतम तापक्रम विवरण

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .