समाज


अग्रवालको कालोबजारी : खोसियो अवैतनिक दूतहरुको झण्डा र निलो प्लेटको गाडी सुुविधा

अग्रवालको कालोबजारी : खोसियो अवैतनिक दूतहरुको झण्डा र निलो प्लेटको गाडी सुुविधा

नेपालखबर
चैत २६, २०७६ बुधबार १७:३,

नेपालमा रहेका विभिन्न देशका अवैतनिक दूतहरुले झण्डा र निलो प्लेटको गाडी सुुविधा नपाउने भएका छन्।

बुधबार परराष्ट्र मन्त्रालयले कूटनीतिक सुविधाको नम्बर प्लेटको गाडी र झण्डा दिने निर्णय अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

किर्गिस्तानका अवैतनिक दूत समेत रहेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका संचालक सुलभ अग्रवालले यस्तो सुविधाको गाडी प्रयोग गरेर कालोबजारी गरेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

अग्रवाल ज्वरो परीक्षण गर्ने थर्मल गन कालोबजारीमा बेच्दै गर्दा मंगलबार नक्सालबाट पक्राउ परेका थिए। उनलाई एक साता थुनामा राखेर अनुुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुुमति दिएको छ।

५ हजारको थर्मल गन १५ हजारमा बेच्दै गरेको अवस्थामा ६६ थान थर्मल गनसहित अपराध अनुुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो।

अग्रवालको घटनापछि अरु देशका अवैतनिक दूतले पनि यो सुविधा नपाउने भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .