ad ad

राजनीति


कार्यदलको बैठकमा एमालेले भन्यो– रविको नामै किटेर समिति बन्दैन

कार्यदलको बैठकमा एमालेले भन्यो– रविको नामै किटेर समिति बन्दैन

नेपालखबर
जेठ ६, २०८१ आइतबार १७:९, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामै किटेर संसदीय छानबिन समिति नबन्ने बताएको छ। आइतबार दिनभर सिंहदरबारमा भएको समितिको टीओआर बनाउने कार्यदलको बैठकमा एमालेले यस्तो बताएको हो। 

सो कार्यदलका सदस्य समेत रहेका महेश बर्तौलाका अनुसार, कसैको नामै किटेर समिति बनाउँदा संसद्को नजिर गलत दिशातर्फ जानेबारे कांग्रेस नेताहरूलाई जानकारी गराइएको छ। 

‘हामी सहमतिको नजिक चाहिँ पुगेका छौँ। प्रमुख प्रतिपक्षीका तर्फबाट रविमाथि नामै किटेर अनुसन्धान गर्नुपर्छ भन्ने हिसाबले जब समितिले छानबिनको प्रक्रिया आरम्भ गर्नुअघिनै किटानी गरेर जानुपर्छ, ठगीमा जोडिएको भन्ने हिसाबले जसरी कुरा आएको छ,, त्यसमा सहमति बन्दैन,’ बर्तौलाले भने। 

यस्तो प्रक्रियाले गलत नजिर बन्ने बताउँदै बर्तौलाले अघि भने, ‘संसद्ले एउटा व्यक्तिमाथि केन्द्रीत रहेर छानबिन गर्ने कुरामा जानुहुँदैन। संसदीय छानबिन समितिले गलत नजिरतर्फ जान हुँदैन भनेर हामीले भन्यौँ।’

सहकारीमा भएका समस्या समग्रतामा अघि बढाउनेगरी सिफारिस गर्नुपर्ने कार्यदलको बैठकमा एमाले सचेतक बर्तौलाले बताएका थिए। 

‘जहाँ जहाँ सहकारीमा समस्या भएका छन्, त्यो सबै ठाउँमा छानबिन गरेर समग्रतामा अघि बढाउनेगरी सिफारिस गर्ने भनेर भनेका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .