राजनीति


सरकारले सदनलाई हेप्यो: माओवादी

सरकारले सदनलाई हेप्यो: माओवादी

नेपालखबर
असार ६, २०८२ शुक्रबार १२:५६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन्।

उनले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए। सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको उनको भनाइ थियो। 

'सरकारले यो सदनलाई यत्ति हेपेको छ। यसको बयान गरी साध्य छैन। बारम्बार हामीलाई कार्यसूचि आउँछ। फेरि कार्यसूचि हटाइन्छ। कारण सोध्दा मन्त्रीको उपस्थिति छैन,' उनले भने, 'सदनमा आन्दोलन भएको यत्रो समय भयो। त्यसको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यु यहाँ उपस्थित हुनुभयो। आजको कार्यसूचिमा पनि मन्त्रीहरु सबै उपस्थित हुनुहुन्न। यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो।'

पाण्डेले मन्त्रीको उपस्थिति नभएसम्म विनियोजन विधेयकमाथिको छलफल अघि नबढाउन पनि आग्रह गरेका थिए। त्यस्तै उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने? भन्दै प्रश्न गरेका थिए। 

'मन्त्रीहरुको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो,' उनले भने, 'नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने । कहाँसम्मको अन्याय हो यो।’

उनले बजेटको किताब नआउँदा खर्च कटौतिको प्रस्ताव दिन नपाएको गुनासो गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad