राजनीति


प्रेम सुवालको प्रश्न: के मान्छेबाहेक निर्यात गर्न अरु केही छैन?

प्रेम सुवालको प्रश्न: के मान्छेबाहेक निर्यात गर्न अरु केही छैन?

नेपालखबर
असार ५, २०८२ बिहिबार १४:३, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका एक्ला प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भिजिट भिसा प्रकरणमा अहिलेसम्म प्रधानमन्त्री भएकाहरू जवाफदेही हुनुपर्ने कि नपर्ने भनेर प्रश्न उठाएका छन्। 

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सुवालले नेपालबाट मान्छेमात्रै निर्यात किन भइरहेको छ भनेर प्रश्न गरेका हुन्। 

'प्रश्न उठिरहेको छ किन भइरहेको छ मान्छेमात्रै निर्यात? के मानिसबाहेक निर्यात गर्ने केही छैन? अहिलेसम्म प्रधानमन्त्री भएकाहरूलाई जवाफदेही बनाउनुपर्दैन?,' उनले भने, 'आज यही आवाज उठाएर सदन अवरोधमा सांसदहरू उत्रनु भएको छ। म सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु।'

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिनको माग गर्दै रास्वपा र राप्रपा विरोधमा उत्रिएका छन्। रास्वपा वेल घेराउमा उत्रिएको छ भने राप्रपा बहिष्कारमा छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad