राजनीति


युनेस्कोका प्रतिनिधिले विचाराधीन विधेयकबारे सञ्चारमन्त्री गुरुङसँग राखे जिज्ञासा

युनेस्कोका प्रतिनिधिले विचाराधीन विधेयकबारे सञ्चारमन्त्री गुरुङसँग राखे जिज्ञासा

नेपालखबर
असार ४, २०८२ बुधबार २०:१८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का नेपाल प्रतिनिधि ज्याको डु टोइटबीच शिष्टाचार भेट गरेका छन्।

सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङसँग युनेस्कोका प्रतिनिधि टेइटले डिजिटल नेपाल फ्रेमवर्क र मन्त्रालयले ल्याउन थालेका विभिन्न विधेयकबारे जिज्ञासा राखेका थिए।

मन्त्री गुरुङले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले देशको सामाजिक सद्भाव, राष्ट्रिय एकता, सार्वभौममा आँच आउने खालका अभिव्यक्ति सिर्जना भएको हुँदा यसलाई व्यवस्थित गर्न सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा टेवल गरिएको बताए। उनले नेपाललाई डिजिटल साक्षर बनाउने, आइटि क्षेत्रमा विकास गर्ने डिजिटल नेपालको परिल्पनालाई साकार पार्ने राष्ट्रिय नीति रहेको बताए। 

युनेस्कोका नेपाल प्रतिनिधि टोइटले नेपालको डिजिटल फेमवर्कको उद्देश्य साकार पार्न युनेस्को सधैँ सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता दिए। उनले पछिल्लो समय सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने भन्नेबारे युवादेखि सबै प्रयोगकर्तालाई साक्षरता आवश्यक रहेकोमा सहमत व्यक्त गरे। 

प्रमुख डिजिटल रूपान्तरण र मिडिया विकास पहलमा सहकार्यलाई बढवा दिने उद्देश्यले गरिएको उक्त बैठकमा मन्त्रायका सचिव राधिका अर्याल, आइसिटी डिभिजनका सहसचिव आदेश खड्का र मन्त्रीका आइसिटी सल्लाहकार डा शालिग्राम पराजुली र युनेस्कोका सञ्चार प्रमुख निर्जना शर्मालगायत व्यक्तित्वको सहभागिता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad