राजनीति


पूर्वन्यायाधीश फोरम भन्छः न्यायलाई विकृत पार्ने न्यायाधीशउपर कडा कारबाही हुनैपर्छ

पूर्वन्यायाधीश फोरम भन्छः न्यायलाई विकृत पार्ने न्यायाधीशउपर कडा कारबाही हुनैपर्छ

नेपालखबर
असार ३, २०८२ मंगलबार २०:२८, काठमाडौँ

पूर्वन्यायाधीश फोरम, नेपालले न्यायालय स्वतन्त्र र सक्षम छ भन्ने देखिनका लागि न्यायाधीशहरूको कार्य सम्पादन प्रक्रिया, पद्धति, आचरणको स्वच्छता र न्यायलाई विकृत पार्ने न्यायाधीशउपर गरिने कडा कारबाहीमा पारदर्शिता हुनुपर्ने बताएको छ।

पूर्वन्यायाधीस फोरम, नेपालका अध्यक्ष टोपबहादुर सिंहले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘कुनै राजनीतिक दल, नेता वा कोही कसैको निर्देशन वा नियन्त्रणमा न्यायालय चलेको छ भन्ने जस्ता सोच वा अफवाहले क्रमशः समाजमा स्थान पाउँदै गएको’ बताएका छन्।

उच्च अदालत जनकपुर, वीरगंज इजलास सञ्चालनकै अवस्थामा केही व्यक्तिहरूद्वारा गरिएको दुर्व्यवहारले न्यायाधीश पदको पदीय स्वतन्त्रता उपर आघात हुन गएको तर्फ ध्यानाकर्षण हुन गएको भन्दै फोरमले यस्तो धारणा सार्वजनिक गरेको हो।

‘कुनै पनि न्यायाधीशको पदीय स्वतन्त्रता, मर्यादा र सुरक्षाको प्रत्याभूति नै स्वतन्त्र र सक्षम न्यायपालिकाको आधार स्तम्भ हुने भएकोले सबै तहको न्यायाधीशहरुको व्यावसायिक स्वतन्त्रताको संरक्षण हुनु पर्दछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, न्यायाधीशको समग्र आचरणको स्वच्छता, न्यायिक शुद्धता, सक्षमता र जनआस्था आर्जन गर्न सक्ने छविले मात्र न्यायालय र न्यायाधीशको गरिमा जोगाउन सक्दछ भन्ने कटु सत्यलाई हरेक तहका न्यायाधीशज्यूहरुले आत्मसात गर्नु पर्दछ भन्ने कुरामा हामी जोडदिन चाहन्छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad