ग्लोबल


आज एकै दिन एयर इन्डियाका ७ अन्तर्राष्ट्रिय उडान रद्द

आज एकै दिन एयर इन्डियाका ७ अन्तर्राष्ट्रिय उडान रद्द

नेपालखबर
असार ३, २०८२ मंगलबार २०:३५, काठमाडौँ

मंगलबार एकै दिन एयर इन्डियाका ७ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अहमदाबाद-लन्डन, दिल्ली-पेरिस, दिल्ली-भियाना, लन्डन-अमृतसर, दिल्ली-दुबई, बेंगलुरु-लन्डन उडान रद्द गरिएका हुन्। साथै सान फ्रान्सिस्कोबाट मुम्बई आउने उडानका यात्रुलाई कोलकाता विमानस्थलमै झारिएको थियो।

यही जुन १२ मा एयर इन्डियाको एआई-१७१ विमान अहमदाबादमा दुर्घटना हुँदा २४१ यात्रु र तल भवनका मानिस गरी २७५ जनाको मृत्यु भएको थियो। यसको सट्टा अहमदाबादबाट लन्डनका लागि नयाँ उडान एआई-१५९ सुरु गरिएको छ।

तर यो उडान मंगलबार लगातार दोस्रोपटक रद्द गरिएको हो। दिउँसो १.१० बजे उडान गर्ने भनिएकामा प्राविधिक गडबडी देखिएपछि रद्द गरिएको हो। यो उडान जुन १६ मा पनि रद्द गरिएको थियो।

दिल्लीबाट पेरिस जाँदै गरेको एयर इन्डियाको उडान एआई-१४२ पनि प्राविधिक समस्या देखिएपछि रद्द गरिएको छ। यस्तै लन्डनबाट अमृतसर आउने उडान पनि प्राविधिक समस्याका कारण रद्द गरिएको हो। 

यसैगरी सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको उडान एआई-१८० मा सोमबार राति प्राविधिक गडबडी देखिएपछि मंगलबार बिहान कोलकाता विमानस्थलमै यात्रु ओरालिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad