राजनीति


रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

नेपालखबर
असार ३, २०८२ मंगलबार १८:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरानैटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। 
काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको आरोपमा तीनवटा कसुरमा प्रतिवादी बनाइएका मिश्र मंगलबार आफैँ अदालतमा हाजिर भएका थिए।

बयानपछि मंगलबार नै थुनछेक आदेश गर्दै जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी माग गर्न आदेश दिएको हो। 

यसअघि राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए। मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो।

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत प्रतिवादी बनाइएका दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अरु धरौटीमा रिहा भएका छन्। मिश्र र राणाबाहेकलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो। 

यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरुको थुनछेकपछि मात्रै अदालतमा उपस्थित भएका हुन्। 

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा मिश्र पनि सहभागी थिए। यो घटनामा ४ नाबालकसहित ६५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad