राजनीति


आफ्नै पार्टीसँग भएको २ बुँदे सहमतिलाई लिएर एमालेका २ नेताले गरे माओवादीको आलोचना

आफ्नै पार्टीसँग भएको २ बुँदे सहमतिलाई लिएर एमालेका २ नेताले गरे माओवादीको आलोचना

नेपालखबर
असार ३, २०८२ मंगलबार १०:४८, काठमाडौँ

सत्तारुढ एमालेका दुई नेताले अवरुद्ध संसद् खुलाउने विषयमा आफ्नो पार्टी र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिलाई लिएर माओवादी केन्द्रको उछितो काढेका छन्। 

एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजालले मंगलबार सामाजिक सञ्जालमार्फत एमालेसँग माओवादीले गरेको बुँदे सहमतिले माओवादी मात्र नभएर रास्वपा पनि अप्ठ्यारोमा परेको टिप्पणी गरेका हुन्। 

एमाले नेता थापाले दुई बुँदे सहमतिले माओवादीको लोकप्रियताको प्वाँख काटिएको टिप्पणी गरेका छन् भने केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिको टालोले माओवादीले मुख छोपेको भन्दै कटाक्ष गरेका छन्। 

‘म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसातै भयो’ थापाले प्रचण्डप्रति व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘आफैँलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरुम भयो फेरी हेरेर हाँस्न र रुन नमिल्ने गरी। माओवादी केन्द्रकै नेता कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन, श्राद्ध पो गरिरहेका छन्।’ 

एमालेका अर्का नेता रिजालले दुई बुँदे सहमतिका कारण माओवादी नेतृत्व बाहिर मात्र हैन आफैँभित्र पनि तिव्र रुपमा आलोचित भइरहेको दाबी गरेका छन्। 

‘रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद चल्नु र नचल्नुसँग मतलव छैन। संसदमा रास्वपा नेतृत्वविहिन छ र गृहमन्त्रीको राजिनामा मागमा नराम्री फसेको छ,’ रिजालले फेसबुकमा लेखेका छन्,  ‘रास्वपाले जति अवरोध गर्छ, त्यति अप्ठेरोमा पर्छ। जब पछि हट्छ, त्यसपछि माओवादीको भन्दा बढी आलोचना हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad