राजनीति


कानुन सचिवमा पाराश्वर ढुंगाना सिफारिस

कानुन सचिवमा पाराश्वर ढुंगाना सिफारिस

नेपालखबर
असार १, २०८२ आइतबार १९:५०, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयका सचिवमा पाराश्वर ढुंगानालाई सरुवाका लागि न्याय सेवा आयोगले सिफारिस गरेको छ।

आज असार १ गते आइतबार बसेको न्याय सेवा आयोगको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेका ढुंगानालाई कानुन मन्त्रालयको सचिवका लागि सिफारिस गरेको हो। 

अब बस्ने मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गर्नेछ।

यसअघिका कानुन सचिव उदय सापकोटा अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त छ।

यस्तै न्याय सेवा आयोगको बैठकले न्याय, कानुन तथा सरकारी वकिल समूहका गरी २६५ जना अधिकृतको सुरूवा, बढुवा तथा पदस्थापनसम्बन्धी निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad