राप्रपा नेपालले राजावादी आन्दोलनलाई अझ सशक्त ढंगबाट अघि बढाउनुपर्ने बताएको छ।
आइतबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुर्झाएको आन्दोलनलाई ब्युँताउन विभिन्न ४ कार्यक्रम अघि सारेको छ।
राप्रपा नेपालले अघि सारेको पहिलो कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शन, घरदैलो लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने छ।
दोस्रो कार्यक्रममा उपत्यकाबाहिर देशका विभिन्न भागहरूमा जनप्रदर्शनको आयोजना, तेस्रोमा संयुक्त जनआन्दोलन समितिको संरचनालाई स्थानीयतहसम्म विस्तार र चौथोमा प्रतिवद्ध एवं जुझारु युवा जमात तयार पार्ने रहेको छ।
राप्रपा नेपालले आफूले अघि सारेका कार्यक्रमतर्फ संयुक्त जनआन्दोलन समिति र त्यसमा आवद्ध रहेका सबै दलहरू तथा समूहको ध्यान आकर्षित गरेको छ।
जनआन्दोलनलाई अघि बढाउने कार्यमा राप्रपा नेपालले निरन्तर अग्रणी भूमिका निर्वाह गर्ने समेत प्रतिवद्धता जनाएको छ।

Shares

प्रतिक्रिया