राजनीति


प्राप्त अधिकार गुम्ने खतरा छ: उपप्रधानमन्त्री सिंह

प्राप्त अधिकार गुम्ने खतरा छ: उपप्रधानमन्त्री सिंह

फाइल तस्बिर


नेपालखबर
असार १, २०८२ आइतबार १५:५१, काठमाडौँ

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरु पनि गुम्नसक्ने खतरा कायम रहेको बताएका छन्। लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरु पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए। 

प्राप्त अधिकार सुरक्षित राख्ने कि नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको उनको भनाइ छ। उनले प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धीहरु पनि गुम्ने खतरा रहेको भन्दै प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए। 

‘लामो संघर्ष गरेर ०४६ सालको जनआन्दोलनपछि फेरि हामी जनताले गुमाएको अधिकारहरु पुनःबहाली गराउन तपाईं हामी सबै मिलेर गुमेको अधिकार प्राप्त गर्न सफल भएका हौँ,' उनले भने, 'लोकतान्त्रिक प्रणालीसँगै विभिन्न जनजाति, भाषाभाषीहरुको त्यसको पहिचान व्यव्स्थाले नै दिने भएकाले यो जुन व्यवस्था छ त्यस व्यवस्थाको विशेषता हामी कसैले पनि कसैको आदेशमा आएर बिर्सिनु हुँदैन। पहिला यसरी भेला गर्ने अधिकार नै प्राप्त भएको थिएन।'

उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीवोध गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad