राजनीति


मुलुकको शासन प्रणाली प्रभावकारी बनाउन सक्षम कर्मचारीतन्त्र आवश्यक छ: प्रधानमन्त्री ओली

मुलुकको शासन प्रणाली प्रभावकारी बनाउन सक्षम कर्मचारीतन्त्र आवश्यक छ: प्रधानमन्त्री ओली

नेपालखबर
असार १, २०८२ आइतबार १४:१९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्रको आवश्यकता अपरिहार्य रहेको बताएका छन्। लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हिरक जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘शासन व्यवस्था प्रभावकारी रुपमा संचालनका लागि सरकार र प्रशासनको महत्वपूर्ण रहेको हुन्छ। सरकारले नेतृत्वले आवश्यक नीति निर्माण गर्ने, व्यवस्थापिकाले कानून बनाउने र प्रशासन संयन्त्रले त्यसको कार्यान्वयनमा लागि सूचना संकलन गर्ने तथा सहयोग गर्ने गराउने बाध्यता छ,' उनले भने, 'कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको समिपमा रहेर काम गर्ने संस्था हो।  कुनै पनि मुलुकको सरकारको कार्यसफलता कर्मचारीको सक्षमतामा पनि धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि आवश्यक कर्मचारी योग्य, दक्ष र निपूर्ण हुनुका अतिरिक्त स्वस्थ पनि हुनुपर्छ। लोक सेवा आयोगले जति स्वतन्त्र, निष्पक्ष, प्रभावकारी तथा वस्तुनिष्ट तवरले कर्मचारी छनोट गर्न सक्दछ । मुलुकको प्रशासनिक संयन्त्र त्यति नै बलियो र प्रभावकारी हुँदै जान्छ।’

सक्षम, योग्य र निष्पक्ष कर्मचारी प्रशासनिक व्यवस्थाको मेरुदण्ड भएको उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले सरकार, व्यवस्थापिका र प्रशासन संयन्त्रबीचको सहकार्यलाई सुदृढ बनाउने कुरामा जोड दिँदै सरकार र व्यवस्थापिकाले बनाएका नीति तथा कानूनहरु कार्यान्वयन लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आयोगले मुलुकको प्रशासनिक संयन्त्र सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै प्रशंसा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad