उदयपुरको चौदण्डिगढी नगरपालिका–४ स्थितबाट २ जनाको सुनको सिक्री थुतेर भाग्ने क्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको बीरगञ्ज महानगरपालिका–२० का १९ बर्षीय सचिन राजपुत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
शनिबार दिउँसो शनिबारे स्थित बजारमा सोही स्थानकी २८ बर्षीय बिनिता तामाङ र ३१ बर्षीया सोभा राईले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा प्रहरी चौकी बसाहाको प्रहरी टोलीले राजपुतलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राजपूतको सम्बन्धमा अनुसन्धान भइरहेको छ।
162
Shares

प्रतिक्रिया