राजनीति


आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी हो : प्रमुख सचेतक शाही

आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी हो : प्रमुख सचेतक शाही

फाइल तस्बिर


नेपालखबर
असार १, २०८२ आइतबार १३:५३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधकाबिच संसद् बैठक चलाइएको भन्दै आपत्ति जनाएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद्‍मा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको उल्लेख गरे। सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको भन्दै उनले उहाँले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही होस् भन्ने मागमा सबैले साथ दिन शाहीले आग्रह गरे।

‘संसद्‍मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ? उचित हुँदैन भन्ने मलाई लाग्छ,’ शाहीले भने, ‘उहाँहरू पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस्। यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन। यो दादागिरी हो। दादागिरी बन्द गर्नुस्।’
  
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad