राजनीति


निर्वाचन पद्धति र शासन प्रणालीबारे बहस हुन जरुरी छः सभामुख घिमिरे

निर्वाचन पद्धति र शासन प्रणालीबारे बहस हुन जरुरी छः सभामुख घिमिरे

नेपालखबर
जेठ ३१, २०८२ शनिबार १७:३९, काठमाडौँ

सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन्। शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताएका हुन्।  

उनले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताए। निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरू गर्ने विधि के हुनसक्छ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको बताए। 

‘अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ। जनमुखी बनाउनसक्छौँ ? यो शासन प्रणालीमा आएका समस्या हुन् कि निर्वाचन प्रणालीका दोषहरू हुन्?,' उनले भने, 'निर्वाचन प्रणालीका दोषहरू हुन् की निर्वाचन आचारसंहीतासँग गाँसिएका कुराहरू हुन्? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको भूमिकाको समस्या हो कि? बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ। त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरूमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरू चलिरहँदाखेरी हाम्रो छलफल खासगरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरूको बारेमा बढी विवेचना हुनुपर्छ।'
   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad