नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकाे सांसद पद निलम्बनसम्बन्धी जानकारी संसदमा गराइएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गरएका हुन्।
सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सभामुखले सदनलाई जानकारी गराए।
प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते आइतबार ११ः०० बजे बस्ने छ। रासस
189
Shares

प्रतिक्रिया