राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन्। उनले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टीओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताए।
उनले भने, ‘सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा छानबिन गर्ने समयसीमा पनि छैन। कार्यादेश के हो? कहिले सम्पन्न गर्ने हो? यस्तो उदारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा आउँदैन। हाम्रो पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। त्यही भएर यस्तो उधारो र कमिटमेन्ट नभएको सम्झौतामा हामी सहभागि हुनसक्ने कुनै गुञ्जायस थिएन।
उनले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाए। उनले भिजिट भिसा प्रकरणको समस्या समाधान गर्नको लागि संसदीय छानबिन आयोेग वा न्यायिक आयोग गठन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै संघर्ष नछाड्ने जिकिर गरे।’
उनले भने, ‘सरकारको नियत ठिक भएको भए हाम्रो पाँच बुँदे प्रश्तावबाट संवाद गर्न सकिन्थ्यो। समयसीमामा अलिकति समन्वय गर्न सकिन्थ्यो। त्यसकारण संसदीय छानविन आयोग वा उच्चस्तरीय छानबिन आयोगमै हाम्रो अडान थियो। गृहमन्त्रीको राजीनामा पछि आउने गरेर हामी सदासयता देखाउने मनस्थितिमा पनि थियौँ। त्यसकारण आज हामी आजको सम्झौतामा हामी सहमतिमा गएनौँ।’
सरकार भिजिट भिसाको नाममा हुने गरेको मानव तस्करीको समस्या समाधान गर्न गम्भिर नदेखिएका कारण आफूहरुले आन्दोलन कायमै राखेको उपसभापति वाग्लेको भनाइ छ।
Shares

प्रतिक्रिया