राजनीति


रास्वपा र कांग्रेसबीच विवाद हुँदै गर्दा रास्वपामाथि नै खनियो एकीकृत समाजवादी

रास्वपा र कांग्रेसबीच विवाद हुँदै गर्दा रास्वपामाथि नै खनियो एकीकृत समाजवादी

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १२:५९, काठमाडौँ

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूबीच चर्काचर्की परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको विषय झिकेपछि कांग्रेसका सांसद राजु थापाले आपत्ति जनाएका थिए। 

पराजुलीले 'राज्यका सबै निकाय मिलेर जनतालाई ठग्दै गर्दा गृहमन्त्री र अध्यागमनका विषयमा कुरा यहा गर्नुपर्छ' भनेपछि कांग्रेस सांसद राजु थापाले विषयमा आउनूस् भन्दै उनलाई सम्झाएका थिए। 

पराजुलीले 'सभापतिज्यू, म मेरो समयभित्र बोल्दै छु' भनिरहे पनि अन्य सत्तापक्षका सांसदले पनि विषयमा बोल्नूस् भनिरहे। 

पराजुली सदनमा रास्वपाले पनि यस विषयमा कुरा उठाइरहेको  भन्दै थिए। अर्को प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ पराजुलीमाथि खनिए। 

'संसद्‌मा हामी पनि उभिएका छौँ। रास्वपाले मात्रै विरोध गरेको हो?,' श्रेष्ठले पराजुलीमाथि औंला उठाउँदै सोधे, 'हामीले पनि विरोध गरेका छौँ यार। रास्वपामात्रै ठेकेदार हो।' उनले पटकपटक यार भन्दै रिसाउँदै टेबुल ठोके। 

संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने भनेपछि श्रेष्ठ रिसाएका थिए। 

पराजुलीले गृहमन्त्री यहाँ नभएसम्म बैठक अघि बढ्न सक्दैन भनेपछि समितिका सभापति अब्दुल खानले विषयबस्तु ध्यान दिन आग्रह गरे। 

पराजुलीले आफ्नो अडान नछाडेपछि सांसद श्रेष्ठ फेरि आक्रोशित भए।  आक्रोशित श्रेष्ठले भने, 'हाम्रो अध्यक्ष निलम्बनमा हुनुहुन्छ। उहाँको अध्यक्ष जेलमा हुनुहुन्छ। तर उहाँ चाहिँ सही अरु सबै दोषी? हाम्लाई पीडा हुँदैन। जे मन लाग्छ त्यो बोल्छ यार।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad