राजनीति


प्रचण्डद्वारा मुस्ताङमा पार्टी कार्यालय भवन शिलान्यास

प्रचण्डद्वारा मुस्ताङमा पार्टी कार्यालय भवन शिलान्यास

नेपालखबर
जेठ २९, २०८२ बिहिबार ८:३१, काठमाडौँ

मुस्ताङ भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। 

घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिसडाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका हुन्। बौद्ध परम्पराअनुसार प्रचण्डले निर्माण कार्यको शिलान्यास गरे। 

त्यसक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै पार्टी कार्यालय निर्माण भएपछि जिल्ला पार्टीले जनताको पक्षमा थप ऊर्जा र उत्साहका साथ काम गर्न सक्ने विश्वास व्यक्त गरे। 

उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए। 

माओवादी केन्द्र मुस्ताङका ‘इञ्चार्ज धीरेन्द्र बिकका अनुसार ६ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले निःशुल्क जग्गादान गरेका छन्।

प्रचण्डसहितका माओवादी नेता बुधबारदेखि मुस्ताङ भ्रमणमा छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad