राजनीति


जेठ १३ देखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने

जेठ १३ देखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने

नेपालखबर
जेठ २९, २०८२ बिहिबार ८:५, काठमाडौँ

विगत दुई साता भन्दा लामो समयदेखि कार्यसूचीमा प्रवेशै नगरी अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ।

बैठक बिहीबार अपराह्न ३ बजे बस्ने गरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। 

विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ। उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै उनको राजीनामा माग गर्दै आएका छन्। 

पटक९पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन। दलहरुबीच सहमती नभएकाले आज पनि बैठक सञ्चालन हुने नहुने निश्चित छैन। 

आजको बैठकमा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। 

संसद् सचिवालयले जेठ १५ पछिका बैठकमा यही कार्यसूचीमा छलफल गर्ने भनेर सूचना जारी गर्दै आए पनि प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक नियमित कार्यसूचीमा प्रवेश नै गर्न सकेको छैन। 

बुधबार पनि बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाएका थिए। 

बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा सदनमा बोल्न समय उपलब्ध गराउने भनेर पटकपटक आग्रह गर्दा पनि छलफलका लागि वातावरण बन्न नसकेपछि बैठक आजको लागि सारिएको हो। 

भिजिट भिसा प्रकरणमा मुछिएका आरोप लगाउँदै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र उनीमाथि छानबिन गर्न समिति बनाउनुपर्ने विपक्षी दलहरुको माग छ। तर, सत्ता पक्ष भने गृहमन्त्रीले पनि राजीनामा नदिने र छानबिन समिति पनि नबनाउने अडानमा छन्।

हेर्नुहाेस् आजकाे कार्यसूची 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad