समाज


बाढी महाशाखाले भन्यो: नवलपरासी, चितवन र पाल्पाका यी स्थानमा दिउँसोसम्मै सतर्कता अपनाऔँ

बाढी महाशाखाले भन्यो: नवलपरासी, चितवन र पाल्पाका यी स्थानमा दिउँसोसम्मै सतर्कता अपनाऔँ

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०८२ बिहिबार ८:१७, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला/नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन सुझाव दिएको छ। 

बाढी महाशाखाले आज बिहीबार बिहान ६:३० बजे चेतावनी जारी गरी भनेको छ, ‘पछिल्लो १–३ घण्टामा नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी वर्षा मापनकेन्द्रहरू र आसपास हल्कादेखि मध्यम वर्षा मापन भएको, सो क्षेत्र भई वहने विनय खोलालगायत अन्य ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने, तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाइराखौँ।’

हेर्नुहोस् सूचना-

यो पनि : देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसमविद्का अनुसार हाल कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी सबै स्थानमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यही कारण मौसम बदली र वर्षा हुने क्रम जारी रहेको हो।

अझै पश्चिमी वायु नै बलियो रहेकाले मनसुन अर्थात् पूर्वी वायु पूर्वबाट पश्चिमतर्फ अगाडि बढ्न नसकेको मौसमविद्को भनाइ छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। 

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। 

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad