राजनीति


आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो संसद् बैठक

आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो संसद् बैठक

नेपालखबर
जेठ २८, २०८२ बुधबार १५:५९, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्।  

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।

वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। 

सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए।‍ दिउँसो २ बजेका लागि डाकिएको बैठक ३:१५ बजेका लागि सरेको थियो। 

बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे।  

सभामुखले दुई हप्तादेखि ठप्प रहेको भन्दै छलफलका लागि बोल्ने वातावरण बनाउन आग्रह गरेका थिए।  विपक्षीहरूले 'गृहमन्त्री राजीनामा दे', भिजिट भिसा प्रकरणमा छानबिन गर भन्ने नारा लगाएका थिए। 

आजको बैठकमा पनि विपक्षीले उठेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad