राजनीति


दलहरू छलफलमै, संसद् बैठक सारियो

दलहरू छलफलमै, संसद् बैठक सारियो

नेपालखबर
जेठ २८, २०८२ बुधबार १५:१, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठक पनि नियमित समयमा बस्न नसकेपछि ३:१५ बजेलाई सारिएको छ। दलहरूबीच सदन सञ्चालनको विषयमा सहमति नजुट्दा सूचना टाँस गरी बैठक सारिएको हो। 

आजको बैठक दिउँसो २ बजेका लागि डाकिएको थियो। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग राख्दै विपक्षीहरूले सदन अवरुद्ध पार्दै आइरहेका छन्।  सत्तापक्षले भने समिति बनाउन सहमति जनाएको छैन। 

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरले आज दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका थिए। तर उक्त छलफलमा पनि विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसहितले छानबिन समितिलाई बटमलाइन बनाएका छन्। 

यही जेठ १३ गतेदेखि लगातार सदन अवरुद्ध छ। विपक्षीले जेठ १५ बजेट प्रस्तुत गर्ने दिन भने सदन अवरोध गरेका थिएनन्। 

सदनको अवरोध हटाउने विषयमा दलहरूबीच अहिले पनि छलफल जारी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad