राजनीति


अशोक राई नेतृत्वको जसपाका कर्णाली प्रदेश अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश

अशोक राई नेतृत्वको जसपाका कर्णाली प्रदेश अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश

नेपालखबर
जेठ २७, २०८२ मंगलबार ९:१८, काठमाडौँ

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवासमा आज बिहान आयोजित कार्यक्रममा प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए। ‘समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने।

अन्य पार्टीबाट हुने प्रवेश र समायोजनले पार्टीमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरे।

माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै उनले पार्टीमा समायोजन हुन आउने सबैलाई उचित जिम्मेवारी दिइनेसमेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad