समाज


बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ

बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८२ मंगलबार ९:१८, काठमाडौँ

हरेक दिनझैँ आज (जेठ २७, मंगलबार) पनि जल तथा मौसम विज्ञान विभागकाे बाढी पूर्वानुमान महाशाखा सम्भावित बाढीबारे चेतावनी जारी गरेको छ। 

आज बिहान ८ बजे जारी बुलेटिनअनुसार आगामी ३ दिन (बिहीबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिन्छ।

यस्तै आज सोलुखुम्बुसहित ११ जिल्ला र आसपासका खोला/नदीमा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ: आज सोलुखुम्बु, संखुवासभा, खोटाङ, रामेछाप, कास्की, पर्वत, म्याग्दी, बागलुङ, सल्यान, जाजरकोट, रुकुमपश्चिम र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

सम्भावित बाढीबारे विस्तृत जानकारी तल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad