राजनीति


स्थानीय तहको राजस्वको स्रोत संघले खोस्यो : उपमेयर डंगोल

स्थानीय तहको राजस्वको स्रोत संघले खोस्यो : उपमेयर डंगोल

फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८२ सोमबार १५:३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरु अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको बताएका छन्।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौँमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलव्ध गराउने अनुदानमै निर्भर रहेको बताइन्।

‘अधिकांश स्थानीय सरकारको बजेट संघीय सरकारबाट आएको अनुदानले नै बन्ने गरेको छ, अहिले पनि ८० प्रतिशत भन्दा बढी बजेट संघीय सरकारको अनुदानमा निर्भर हुन्छ,’ डंगोलले भनिन्, ‘आफ्नै राजस्वबाट स्रोत उठाउने कुरा अझै पनि धेरै पालिकामा कमजोर छ। नेपालको संविधानले बाहल कर एकल रुपमै स्थानीय तहलाई दिएको छ। तर संस्थागत बाहल करलाई आयकरका रुपमा संघीय सरकारले लिइरहेको छ। जसकारण स्थानीय तहको राजश्वको स्रोतलाई असर पारिरहेको छ।’

उनले पालिका सरकारहरुको क्षमता बढाउन नसकीएको स्वीकार गर्दै विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको रुपमा दिएपनि संघीय सरकारले अधिकार खुम्चाउने तवरले नीति ल्याएको आरोप लगाइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad