राजनीति


रास्वपाले नमानेपछि कांग्रेस-माओवादी छुट्टै छलफलमा

रास्वपाले नमानेपछि कांग्रेस-माओवादी छुट्टै छलफलमा

नेपालखबर
जेठ २६, २०८२ सोमबार १५:०, काठमाडौँ

भिजिट भिसा प्रकरणबारे नेपाली कांग्रेस र नेकपा माओवादीका नेताहरूबीच छलफल जारी छ।  संसद्को गतिरोध अन्त्यका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको प्रस्तावमा सहमति नजनाएपछि अहिले माओवादी र कांग्रेसका प्रमुख सचेतकसहितको छलफल जारी रहेको बताइएको छ।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने विपक्षी दलको अडानपछि जेठ १३ गतेदेखि यता प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।  

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागसहित विपक्षीले सदन अवरुद्ध पार्दै आएका हुन्।  

अध्यागमनको समग्र बेथिति छानबिनको लागि कांग्रेसले गरेको प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टीले अस्वीकार गरेको हो। रास्वपाले गृहमन्त्रीमाथि नै छानबिन भन्ने विषय उल्लेख हुनुपर्ने अडान राखेको छ। 

सदन लगातार अवरुद्ध भएपछि कांग्रेसले नै गतिरोध अन्त्यको प्रयास गरेको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले यसको नेतृत्व लिएका छन्।  

अहिले रास्वपाबाहेक कांग्रेस-माओवादीका प्रमुख सचेतकसहितका नेताहरू छलफलमा छन्।  

आज दिउँसो २ बजेका लागि डाकिएको बैठक अझै सुरु भएको छैन। नेपाली कांग्रेसले माओवादीसँग सदनको गतिरोध अन्त्यका लागि छलफल भइरहेको सन्देश सभामुखको सचिवालयमा दिएपछि बैठक सुरु नभएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad