राजनीति


संसद्को गतिरोध अन्त्यका लागि दलहरू आज पनि छलफलमा

संसद्को गतिरोध अन्त्यका लागि दलहरू आज पनि छलफलमा

नेपालखबर
जेठ २६, २०८२ सोमबार ११:२१, काठमाडौँ

संसद्को गतिरोध अन्त्यका लागि लिखित प्रस्ताव तयार गर्न सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरू आज पनि छलफलमा जुटेका छन्। 

नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलका नेताहरू सहमतीको प्रस्ताव तयार गर्न छलफलमा जुटेका हुन्। 

सहमतिको मस्यौदा बनाएपछि सत्तारुढ र प्रतिपक्षी दलहरूबीच छलफल हुने र सोही अनुसार समझदारी जुटे आजको संसद् बैठक सञ्चालन हुने नेताहरू बताउँछन्। 

पछिल्लो समय माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाबाट पछि हटे पनि रास्वपा भने अझै यो प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हटेको छैन।

प्रतिपक्षी दलहरुको अवरोधको कारण जेठ १२ गते देखि संसद् बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन। जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्न दिएका प्रतिपक्षी दलहरुले त्यसयता बैठक चल्न दिएका छैनन्। 

संसद् खुलाउने विषयमा आइतबार पनि तलहरुबीच छलफल भएको थियो। यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad