राजनीति


मोहन वैद्य एक सातादेखि अस्पताल भर्ना

मोहन वैद्य एक सातादेखि अस्पताल भर्ना

नेपालखबर
जेठ २५, २०८२ आइतबार १७:८, काठमाडौँ

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। 

स्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि गत जेठ १८ शिक्षण अस्पतालमा उपचाररत रहेका कार्यवाहक महासचिव गौरवले जनाएका छन्।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अविचलित नेता, वरिष्ठ दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वाश–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि गत जेठ १८ गतेदेखि त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत हुनुहुन्छ।’

पार्टीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad