राजनीति


माओवादी र एमाले फुट्नु गल्ती भयो, यसलाई राजावादी उपयोग गर्न खोज्दै छन्: सुदन किराँती

माओवादी र एमाले फुट्नु गल्ती भयो, यसलाई राजावादी उपयोग गर्न खोज्दै छन्: सुदन किराँती

नेकपा माओवादी केन्द्रका नेता सुदन किराँती


नेपालखबर
जेठ २४, २०८२ शनिबार १३:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता सुदनकिराँती ले माओवादी र एमाले मिलेर बनेको नेकपा फुट्नु आफूहरूको गल्ती भएको बताएका छन्। 

माओवादी र एमालेको एकता फुटेदेखि नै राजनीतिक अस्थिरता उत्पन्न भएको र त्यसलाई राजावादीले अवसरका रूपमा उपयोग गर्न खोजेको दाबी पूर्वमन्त्री किराँतीले गरेका छन्। 

‘देशका ठूला कम्युनिस्ट पार्टी माओवादी र एमाले एक भयौँ। एउटा गतिमा नपुग्दै फुट्यौँ। फुट्नु हाम्रो गल्ती भयो। यसबाट राजनीतिक अस्थिरता भयो। अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो’, रासससँगको अन्तर्वार्तामा नेता किराँती ले भनेका छन्, ‘उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दै छन्। यतिमै राजवादीले स्थान लिन सक्ने अवस्था देखिँदैन। तर, यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ।’

प्रश्न: मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि एक भएर लडेका दलहरूबीच पछिल्लो समय ससाना विषयले दूरी बढाउँदै छन्। मुलुकलाई पछाडि फर्काउने चाहने शक्तिहरूले त्यही ‘स्पेस’मा खेल्न खोजिरहेको देखिन्छ। दलहरूको गतिविधिले नै त्यसलाई प्रेरित गरेको जस्तो लाग्दैन?

किराँतीको जवाफ: संविधान निर्माणसँगै दलहरूका बीचमा समीक्षा हुनुपर्थ्यो। अथवा संविधान निर्माणअघि नै हामीले त्यो ‘बटमलाइन’ बनाउनुपर्थ्यो। हामी त्यहीँदेखि नै चुक्दै आयौँ। नेपाली राजनीतिमा पछिल्लो १८ वर्षमा तीनवटा घुम्तीमा हामी चुक्यौँ। पहिलो, दलहरू मिलेर मात्रै निरंकुश राजतन्त्रलाई परास्त गरेका हामीले संविधान निर्माणपश्चात् गणतन्त्रलाई जवानी बनाइन्जेलसम्मका लागि सहकार्यमै आर्थिक विकास गरौँ। आर्थिक विकासको एजेन्डा तथा शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचार नियन्त्रणमा हाम्रो बटमलाइन यो हो भनेर १० देखि १५ वर्ष सहकार्य गर्छौं भनेर प्रतिबद्धता जनाउनुपर्थ्यो। हामी त्यतातर्फ नगएर सरकार ढाल्ने र बनाउनेतिर मात्रै गयौँ। दोस्रो, शान्ति प्रक्रियामा हस्तक्षर गर्ने दुई पक्ष माओवादी र कांग्रेस थियो। अरू नमिले पनि यी दुई पार्टीले देशको आर्थिक विकासको जग १० वर्षमा बनाउने गरी वाचा गर्नुपर्नेथ्यो। त्यहाँ पनि चुकियो। तेस्रो, देशका ठूला कम्युनिस्ट पार्टी माओवादी र एमाले एक भयौँ। एउटा गतिमा नपुग्दै फुट्यौँ। फुट्नु हाम्रो गल्ती भयो। यसबाट राजनीतिक अस्थिरता भयो। अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो। उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दै छन्। यतिमै राजवादीले स्थान लिन सक्ने अवस्था देखिँदैन । तर, यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad