राजनीति


देउवाको प्रस्तावः मधेस प्रदेशको नाम जनक वा जानकी राखौँ

देउवाको प्रस्तावः मधेस प्रदेशको नाम जनक वा जानकी राखौँ

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १८:१५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकी राखेको भए उत्तम हुने बताएका छन्।

जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताए। 

जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको उनको भनाई थियो। राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि उनले बताए।

सभापति देउवाले भने, ‘राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ। अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्वपूर्ण ठाउँ हो जनकपुर। जानकीलाई मैथिली पनि भन्ने चलन थियो पहिला पहिला। त्यसकारणले यो अत्यन्तै सुन्दर ठाउँ हो। अत्यन्तै विकसित भाषा मैथिली बोलिने ठाउँ र साथै पौराणिक ठाउँ भएकाले यसको धेरै महत्व छ। मधेस प्रदेशको नाम त जनक प्रदेश राखेको भए भइहाल्थ्यो नि। मधेस प्रदेशको नाम त जानकी प्रदेश राखेको भए भइहाल्थ्यो नि भनेर मैले भनेकै हो।’

सभापति देउवाले थाइल्यान्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad