राजनीति


गृहमन्त्रीमाथि छानबिन नभएसम्म सदन चल्न नदिने विपक्षीको निर्णय

गृहमन्त्रीमाथि छानबिन नभएसम्म सदन चल्न नदिने विपक्षीको निर्णय

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १४:४८, काठमाडौँ

प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ। शुक्रबार बानेश्वरस्थित संसद् भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालखबरसँग बताए।

'गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै राख्ने निर्णय आजको बैठकले गरेको छ, 'उनले भने, 'यसबारे कांग्रेससहितका सबै दलसँग छलफल गर्ने कुरा पनि भएको छ।' 

उनले बिहीबार कांग्रेसका नेताहरूसँग यसबारे भएको छलफलबारे पार्टी उपसभापति डा स्वर्णिम वाग्लेले ब्रिफिङ गरे। 'बैठकमा हिजोको छलफलबारे स्वर्णिम वाग्लेले बिफिङ गर्नुभयो,' उनले भने, 'त्यस्तै कांग्रेससँग यसै विषयमा छलफल बढाउने र छानबिन केका लागि भन्ने स्पष्ट हुन आग्रह गर्ने कुरा पनि भयो। रमेश लेखकसँग मात्रै जोडेको कुरा छैन। लामोसमयदेखि चलेको गिरोह छ नि त यहाँ त विदेशी, नेपाली, एयरलाइन्स कम्पनी, मेनपावस जोडिएको कुरा छ।'

उनले नेपालीहरू भिजिट भिसाको नाममा बेचिएको भन्दै यसबारे समग्र छानबिन समितिको पक्षमा विपक्षी दलको मत एक रहेको बताृ। 

'यहाँ धेरै भिजिट भिसाको नाममा बेचिएका छन्। कोही कुवेतमा, कोहीलाई रसियन आर्मीमा बेचिएको छ। समग्रतामा यो विषय हेर्ने छानबिन समिति चाहियो भनेका छौँ। यही कुरा भयो' उनले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad