राजनीति


इलाका प्रशासन कार्यालयबाटै नागरिकता वितरणको तयारी हुँदैछ: गृहमन्त्री लेखक

इलाका प्रशासन कार्यालयबाटै नागरिकता वितरणको तयारी हुँदैछ: गृहमन्त्री लेखक

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १२:२५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन्।  

हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागकिरता दिने व्यवस्था छ। समितिको बैठकमा बिहीबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँगको छलफल भएको हो। 

उक्त बैठकमा यसबारे उठेका प्रश्नको जवाफ दिनेक्रममा लेखकले जिल्ला सदरमुकाम टाढा हुने र आवतजावतमा झमेला र खर्चिलो हुने भएकाले झनै जटिलता हुने स्थितिलाई मध्यनजर गर्दै सरकारले नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता प्राप्त हुन सकोस् भनेर इलाका प्रशासन कार्यलयबाटै पनि नागरिकताको व्यवस्थापन गर्नेकुरा अगाडि बढाइएको जानकारी दिए। 

'हामीले जिल्ला प्रशासन कार्यालयबाट मात्र होइन इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता उपलब्ध गराउने। किनभने कतिपय जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय जिल्ला सदरमुकाममा हुन्छ। जिल्ला सदरमुकाम टाढा हुन्छ, आवतजावतमै झमेला र  खर्चिलो हुन्छ। जटिलता हुन्छ,' उनले भने, 'त्यसो भएको हुनाले नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता प्राप्त हुन सकोस् भनेर इलाका प्रशासन कार्यलयबाटै पनि नागरिकताको व्यवस्थापन गर्नेकुरा अगाडि बढाइएको छ। त्यसको लागि के समस्या भयो भने शाखा अधिकृत सबै इलाका प्रशासन कार्यालयको कार्यालय प्रमुख हुनुहुन्न। अधिकांशमा त हुनुहुन्छ। तर कुनै कुनै ठाउँमा दरबन्दीमा नायव सुब्बास्तरको कर्मचारी साथी इलाका प्रशासन कार्यालयको प्रमुख भएर बस्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad