राजनीति


प्रधानमन्त्री ओलीलाई यूएईका युवराजले भनेः ढुक्क हुनुहोस् नेपालीलाई यूएईका नागरिकसरह सहयोग गर्छौं

प्रधानमन्त्री ओलीलाई यूएईका युवराजले भनेः ढुक्क हुनुहोस् नेपालीलाई यूएईका नागरिकसरह सहयोग गर्छौं

नेपालखबर
चैत २४, २०७६ सोमबार १६:५४,

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ अबुधावी–यूएईका युवराज शेख मोहम्मद विन जायद अल नाह्यनसँग टेलिफोन संवाद गरेका छन्।

टेलिफोन कुराकानीमा अहिले जारी कोरोना (कोभिड–१९) संक्रमणका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा प्रधानमन्त्री ओलीले जिज्ञासा राखेका थिए।

‘जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन्। उनीहरुले यूएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दछु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

यूएईका युवराजले आफूलाई ‘ढुक्क रहनुहोस् नेपालीलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं,’ भनी आश्वस्त पारेको बताएका छन्।

यूएईमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत् छन्।

शनिबार प्रधानमन्त्री ओलीले कोभिड–१९ संकट र त्यसका कारण बहराइनमा रहेका नेपाली श्रमिकहरुमा पर्न गएको समस्याबारे त्यहाँका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफसँग फोन संवाद गरेका थिए।

याे पनि: 
नेपाली श्रमिमकबारे प्रधानमन्त्री ओली र बहराइनका समकक्षीबीच फोन संवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .