राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिस गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणाबनाउनुपर्ने बताएका छन्।
‘हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहुन्, अन्य विदेशीहरूलाई खुला पनि नगरौँ, हामी सबैको चाहना पनि त्यही हो,’ खतिवडाले भनिन्, ‘त्यही धाराणासाथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छौँ। हामी चाहे ब्रिटिस गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली छौँ। उहाँहरूको समस्या समाधान गर्न पनि सरकार अघि बढोस्। त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस्।’
Shares

प्रतिक्रिया