राजनीति


आरोही कल्याणकारी कोष स्थापना गर्ने सरकारको तयारी

आरोही कल्याणकारी कोष स्थापना गर्ने सरकारको तयारी

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १७:४३, म्याग्दी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताएका छन्।

अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आज नारच्याङमा आयोजना गरेको कार्यक्रममा सरकारले पर्यटन नीतिमा समसामयिक सुधारका साथै कल्याणकारी कोष स्थापना गर्ने सोचाइ बनाएको बताए। 

‘पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको छ,’ उनले भने, ‘पर्यटन नीतिमा आरोही कल्याणकारी कोष स्थापनाको प्रस्ताव गरेका छौँ।’

आरोही कल्याणकारी कोषमार्फत दुर्घटनामा परेका पर्वतारोहीहरूको उद्धार, उपचार र पर्वतारोहणपछिको जीवनलाई सहज बनाउन सघाउने सरकारको योजना रहेको मन्त्री पाण्डेले बताए। 

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बस्यालले पोखरालाई गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय राजधानीलाई सङ्घीय मन्त्रिपरिषद्बाट अनुमोदन हुनुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad