राजतन्त्र र हिन्दूराष्ट्र पुर्नस्थापनाको माग राख्दै आन्दोलित राजावादीहरुले मंगलबार चाबहिलस्थित सिफलचौरमा प्रदर्शन गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको पोष्टर राखिएको कार्यक्रममा सहभागीता भने न्यून देखिएको छ।
राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राजावादीहले जेठ १५ गतेदेखि निरन्तर प्रदर्शन गरिरहेका छन्। आइतबार सरकारले सिफल, कोटेश्वर, बल्खु बाहेकका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि राजावादीहरुले आजको कार्यक्रम सिफलमा राखेका हुन्।
राप्रपा नेपालको अगुवाईमा आइतबार काठमाडौँको नक्सालमा भएको प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका थिए।
त्यसको विरोधमा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको घोषणा गरेको थियो। तर, राप्रपाले त्यसमा सहभागीता जनाउन अस्वीकार गरेपछि बन्दको कार्यक्रम फिर्ता लिइएको थियो।













Shares

प्रतिक्रिया