राजनीति


संसद् बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित

संसद् बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १४:४७, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ। प्रतपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामाबाट टसमस नभएपछि संसद् बैठक भोलिसम्मलाई सारिएको संसद् सचिवालयले जनाएको छ।  

सदनको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसहितका नेताहरूसँग संयुक्त रुपमा दुईपटक छलफल गरेका थिए। तर विपक्षी दलले गृहमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएपछि बैठक बस्न सकेन। 

प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने तालिका थियो। दलहरूबीच छलफल जारी भएपछि संसद् सचिवालयले दिउँसो २ बजेसम्मका लागि सारेको थियो। तर २ बजे पनि बैठक बस्न नसकेपछि भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ। 

यस्तो छ विपक्षीको तीन बुँदे निष्कर्ष
१) उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले बि स श्रम ऐन २०६४ आए पश्चातको समय देखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको "भिजिट भिसा प्रकरण" सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने। 

२) आवश्यक  छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्री ज्यू ले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।  

३) यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री ज्यू ले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने। 

यो निष्कर्ष बोकेर प्रतिपक्षीहरू सभामुख घिमिरेले डाकेको बैठकमा पुगेका थिए। उक्त बैठकमा पनि सहमति जुटेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad